काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सिटामोल पठाएको छ । पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको हो । मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट सबै प्रादेशिक स्टोरमा पारासिटामोल पाँच सय एमजीका ट्याब्लेट वितरण गरेको हो ।
मन्त्रालयका अनुसार सबै प्रदेशमा एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको छ । प्रदेशमा पठाइएको बाहेक सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टक रहेको छ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार चक्की सिटामोल पठाएको छ ।
यस्तै प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा २७ लाख ६४ हजार, मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार सिटामोल पठाइएको छ ।
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार, गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख र लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार सिटामोल पठाइएको छ ।
सँगै १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख सिटामोल पठाएको मन्त्रालयले जनाएको छ ।
फरकबाटो ७ माघ २०७८, शुक्रबार १९:४७