उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाण्डौ । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमाले सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् । उम्मेदवारको सूची केहीबेरमा प्रकाशन गर्ने कार्यसूची रहेको छ । भोलि मतदान हुनेछ ।