सरकारले छोटो समयमै समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छोटो समयमै समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको दाबी गरेका हुन् ।

सरकार सही दिशामा अगाडि बढिरहेको बताए । सरकारप्रति जनतामा आशा र भरोसा बढेको उनको भनाई छ ।