प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची


सुर्खेत । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बोनेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल सुरू हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।