रुकुम पश्चिम मुसिकोट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा समाजवादी विजयी

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपमेयरमा नेकपा ९एकीकृत समाजवादी० का विमल कुमार पुन विजयी भएका छन् । केसी ६ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका वसन्तकुमार शर्माले शर्माले ६ हजार ९ सय १ मत पाउनुभएको छ । १३ मतको फरकले केसीले मेयरमा विजय हासिल गरेका हुन् ।

उपमेयरमा विजयी नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनले ६ हजार १ सय ४० मत प्राप्त गरेका छन् । पुनले नेकपा एमालेका थलवीर ओलीलाई १ सय ५५ मतले पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ओलीले ५ हजार ९ सय ८५ मत पाएका छन् ।

मुसिकोटमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले गठबन्धन गरेका थिए ।