मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल

मुगु । नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल चयन भएका छन् । एमाले मुगुको आठौँ जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

गएको पुस २७ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको थियो । मल्लको अध्यक्षमा ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
यस्तै उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि सर्वसम्मत निर्वाचित भएका छन् ।