माओवादीको बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन ।

प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।