सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै  : अर्थमन्त्री महत

सुर्खेत । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताएका हुन् ।

संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताउँदै गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएको भन्दै सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडि बढेको धारणा राखे ।