मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर २ सुर्खेतकी अन्दाजी ६१ वर्षीय नन्दकली कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आइतबार दिउसो करिब साढे तिनबजे वीरेन्द्रनगर १ रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ०२००१.प.८९५० नम्बरको मोटरसाइकलले कँडेललाई ठक्कर दिएको थियो । उपचारको क्रममा स्थानिय माया नर्शि¨ होममा उनको बेलुकी ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेपनि मोटरसाइकल कसले चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
मृतकको शब कर्णाली प्रदेश अस्पतालमा रहेको र आफन्तहरुले शब बुझ्न नमानेको घर्तीले बताए ।