सुर्खेत । स्थानीय ऐनले कर्मचारीकाे हित विपरित काम नगर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुर्खेतले शनीबार आयोजना गरेको बृहत वनभोज, क्यालेण्डर विमोचन तथा बधाई कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् ।
स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ का विषयमा कर्मचारीहरुले पटक- पटक गुनासाे गरेको भन्दै मुख्यमन्त्री कँडेलले उक्त ऐन संशाेधनका विषयमा सरकार सकारात्मक भएको बताए ।
कर्मचारीहरुले नागरिकको हित विपरित काम गर्न नहुने भन्दै मुख्यमन्त्री कँडेलले सरकारले समेत कर्मचारीहरुको हित विपरित कुनै काम नगर्ने बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुर्खेतले आर्थिक वर्ष २०८२ को लागि प्रकाशन गरेको क्यालेण्डर समेत विमाेचन गरिएको थियाे । साथै कर्मचारीहरुबिच विभिन्न खेलहरु समेत खेलाइएको समितिका अध्यक्ष सीता कँडेलले बताइन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल,उपप्रमुख निलकण्ठ खनाल लगायतका नेताहरुको सहभागीता रहेको थियाे । सगठनमा आवद्ध करिब चारसय बढि कर्मचारीहरु कार्यक्रममा सहभागी भएकाे आयाेजकले जनाएको छ ।
कार्यक्रममा निजामती क्षेत्रमा नवप्रवेशीहरुलाई बधाई तथा सम्मान समेत गरिएको थियाे ।
फरकबाटो ८ चैत्र २०८१, शनिबार १९:५५