अन्तिम समयमा अफगानिस्तान विश्वकपका लागि प्रस्थान

काठमाडौं । भिषाको समस्या झेलिरहेको अफगानिस्तानको टोली वेस्ट इन्डिजमा जनवरी १४ बाट सुरु हुन लागेको आईसीसी यू–१९ विश्वकपका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

समयमा वेस्ट इन्डिज पुग्न नसकेका कारण अफगानिस्तानले भने दुई वटा अभ्यास खेल भने खेल्न पाएन । भिषा समस्याकै कारण समयमा पुग्न नसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इंग्ल्यान्ड र युएईविरुद्धको अभ्यास खेल स्थगित गरिएको जनाएको छ । अफगानिस्तानका प्रशिक्षक रईस अहमदजाईले अभ्यास खेल गुमाएको भएपनि अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

अफगानिस्तानको टोली एसीसी यू–१९ एसिया कपका लागि डिसेम्बर २० मै दुबई गएको थियो तर काबुलस्थित युके दुतावास नखुलेका कारण समयमै ट्रान्जिट भिषा पाउन सकेन । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले युएईबाट युकेको ट्रान्जिट भिषाका लागि प्रयास गरेको थियो ।