टी २० विश्वकप क्रिकेटमा आज दुई खेल

सुर्खेत । अष्ट्रेलियामा भइरहेको टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दैछन् । योे खेल नेपाली समय अनुसार बिहान पौने १० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । खेल होर्बाटमा दिउँसो पौने २ बजे हुनेछ । विश्वकपको फाइनल खेल नोभेम्बर १३ तारिखमा हुनेछ ।