काठमाडौं । भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो ।
इंग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले अविजित ५० तथा शैक राशीदले ५० रनको अर्धशतकीय इनिङ्स खेले । राज बावाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन जोडे । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए ।
इंग्ल्यान्डका जेम्स सेल्स, थोमस र जोशुवा बोइडनले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।
खराब सुरुआत गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै जेम्स सेल्सले अविजित ३४ तथा जर्ज थोमसले २७ रन जोडे । भारतका राज बावाले ५ तथा रबि कुमारले ४ विकेट लिए ।
फरकबाटो २३ माघ २०७८, आईतवार १०:५२