
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा, शेखर कोइराला प्यानलबाट जीवन परिवार र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवार दिएका छन् ।
महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवार दिएका छन् ।
आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट विकास लामा उम्मेदवार छन् । अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने जनाइएको छ ।

फरकबाटो १ पुष २०७८, बिहीबार १८:५३