कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगायो, कर्णालीमा दुर्गाकुमारी गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले  ६ जना  उम्मेदवारको टुंगो लगाएको हो ।

कर्णाली प्रदेशमा सुर्खेतकी दुर्गाकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (बाँके) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भोलि मंगलबार उम्मेदवार दर्ता हुँदैछ ।