एमाले कर्मद्वारा जनताको मन जित्ने पार्टी हो, चुनावमा पहिलो बन्छ : बाँस्कोटा

सुर्खेत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले एमालेले कर्म गरेर जनताको मन जित्ने पार्टीको रुपमा रहेको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा सुरु भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले एमाले जत्ति राम्रो काम अरु पार्टीले गर्न नसकेको समेत दावी गरे ।

उनले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने समेत ठोकुवा गरे । ‘एमालेले जत्ति राम्रो काम अरु कसैले गर्न सकेका छैनन् । हामीले जति कसैले न हिजो गरेको थियो । न आज गरेको छ न भोलि नै गर्ने छ । काम गर्ने भनेकै एमालेले हो । आउने चुनावमा एमाले पहिलो पार्टी बन्छ ।’ उनले सत्ता गठबन्धन धेरै समयसम्म नटिक्ने बताए ।