पूर्वमन्त्री ह्दयराम थानीले कांग्रेस केन्द्रीय सदस्यमा एक मतले हारे

सुर्खेत ।  नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानीले एक मतले हारेका छन् ।

उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी राजीव विक्रम शाहले दुई हजार आठ सय २० मत ल्याएका छन् भने अर्का विजयी उम्मेदवार कर्णबहादुर बुढाले दुई हजार दुई सय मत ल्याएका छन् । थानीले दुई हजार एक सय ९९ मत ल्याएका छन् ।