सनको ह्याट्रिकमा टोटेनहम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६-२ गोल अन्तरले हराएको हो । टोटेनहमलाई जित दिलाउन सब्सिच्युड खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गरे ।

खेलको छैटौं मिनेटमा युरी टेलिमन्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । आठौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

२१ औं मिनेटमा एरिक डियरले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

Image

खेलको ४१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दा लेस्टरले खेल २-२ को अवस्थामा ल्यायो । खेलको ४७ औं मिनेटमा रोड्रिगो बेन्टानकरले गोल गर्दै टोटेनहमलाई ३-२ को अग्रता दिलाए ।

७३ औं मिनेटमा सनले गोल गरेपछि टोटेनहम ४-२ ले अघि रह्यो । सन ५९ औं मिनेटमा रिचार्लीसनको स्थानमा मैदान छिरेका थिए ।

सनले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनलाई ५-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दा टोटेनहमले ६-२ को जित निकाल्यो ।

जितसँगै टोटेहम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले ७ खेलमा १७ अंक जोडेको छ । लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।