फोर्स गाडीले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते

सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतमा फोर्स गाडीले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते भएका छन् । भेरीगंगा नगरपालिका–२ भेरीपुल नजिक बुधबार दिउँसो १२ बजेको समयमा गाडीले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डी.एस.पी सुरज कार्कीका अनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ३ ख ५३०८ नम्बरको फोर्स गाडीले पैदल यात्रीलाई ठक्कर दिएको हो । उक्त ठक्करबाट पहिचान नखुलेको अन्दाजी ५०÷५५ वर्षीया पुरुष घाइते भएका छन् । डी.एस.पी कार्कीका अनुसार घाइते पुरुषको टाउँको र दुबै खुट्टामा चोट लागेको हुँदा गम्भिर घाइते छन् । घाइतेको प्रदेश अस्पताल कालागाउँमा उपचार हुँदैछ ।

यस्तै, गाडीको चालक वर्ष २८ कोहलपुर नगरपालिका–११ बाँके बस्ने प्रदिव खड्कालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको डी.एस. पी कार्कीको भनाई रहेको छ ।