सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न पन्ध्र विधामा ‘एमयु अवार्ड’ दिने भएको छ । एमयु अवार्डको राशि पाँचहजारदेखि तिनलाख पचासहजार सम्म रहेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले १५ विधामा विभिन्न क्षेत्रका ४४ जनालाई ‘एमयु अवार्ड’ दिने घोषणा गरेका हुन् ।
उत्साहित भएर काम गर्नका लागि अवार्ड महत्वपुर्ण हुने सिंहले तर्क गरे । ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन, प्रशासक लगाएतका क्षेत्रमा अवार्ड दिन लागेको हो ।
विद्यार्थीदेखी विज्ञ सम्म, कर्मचारीदेखी प्रध्यापक सम्मले अवार्ड प्राप्त गर्नेछन् । विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पु¥याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको सिंहले जानकारी दिए ।
विश्वविद्यालयले पाँचहजारदेखि तिनलाख पचासहजार राशिसम्मको पुरस्कार सहित विभिन्न मेडल र प्रमाणपत्र समेत दिने बताएको छ ।
एमयु कुलपति अवार्ड, एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड, एमयु ‘गेम चेन्ज’ एम्बेष्टर अवार्ड, उपकुलपति विद्यार्थी अवार्ड, उत्कृष्ट रिसर्चर अवार्ड, सङ्कायगत क्षेत्र अवार्ड तथा डिन, डाइरेक्टर, क्याम्पस चिफ लगाएत ४४ जनालाई अवार्ड दिन लागिएको हो ।
विश्वका विभिन्न प्रतिष्ठित विश्व विद्यालयका व्यक्तिहरूलाई सहभागी गराई राष्ट्रपति तथा प्रधानमन्त्रीबाट अवार्ड प्रदान गरिने उपकुलपति सिंहले बताए ।
फरकबाटो १२ पुष २०७८, सोमबार २२:१४