गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश

सुर्खेत । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिएका थिए ।

विवेकशील साझाको कार्यसम्पादन समितिका सदस्य समेत रहेका दाहाललाई मिश्रले कार्यसम्पादन समिति र कर्णाली प्रदेश संयोजकको जिम्मेवारीबाट हटाएका थिए ।