
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका छन् ।
आज शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका हुन् । े ।
नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ । त्यही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुभएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिइ । प्रतिवेदनमाथि छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता महराले बताए ।

फरकबाटो ९ पुष २०७८, शुक्रबार १४:२७