नागरिकता विधेयक : राष्ट्रियसभामा पेश भयो विधायन समितिको प्रतिवेदन

काठमाडौं । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ।

राष्ट्रपतिले सन्देससहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले विना संशोधन पारित गर्दै राष्ट्रियसभामा पठाएको थियो। राष्ट्रियसभाले छलफलका लागि समितिमा पठाए पनि समितिको हिजो बसेको बैठकले विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो।

समितिमा रहेका एमालेका तीनसहित पाँच सदस्यले फरक मत राखेका छन्।