माहामारीमा सरकार निदाएको नागरिक समाजको गुनासो

सुर्खेत । माहामारीका समयमा सरकार निदाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नागरिक समाजका अगुवाहरुले सरकारले प्रभावकारी भुमीका निभाउन नसकेको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै समाज जागरण केन्द्र (स्याक) नेपाल कार्याकारी निर्देशक टिकाराम आचार्यले सरकार निदाएकै कारण नागरिकहरु माहामारीको चपेटामा परेको बताए । ‘सरकारको पुर्वतयारी पुग्दैन ’ उनले भने “ नत नागरिक समाजलाई नै सरकारले काम गर्न दिन्छ ।”पैसा खातामा हाल्दे तर तँ चुप लागेर बस भन्ने सरकारको व्यवहारले नागरिक समाजलाई माहामारीका समयमा काम गर्न असहज भएको उनले सुनाए ।

कार्यक्रममा बोल्दै किर्डाक नेपालका कर्णाली प्रदेश कार्यालय व्यवस्थापक नविन शाहीले नागरिक समाजलाई सरकारले हात बाँधेर काम गर्ने वातावरण नदिएको बताए । उनले माहामारीका समयमा पुर्वतयारी, समन्वय र व्यवस्थापनका क्षेत्रमा नागरिक समाजलाई कुनै जिम्मेवारी नदिएको सुनाए ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपप्रध्यापक युवराज शर्माले शिक्षाका क्षेत्रमा समेत माहामारी असरको पुर्व आँकलन नगरिएको सुनाए ।

भुमी अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्माले नागरिकहरुलाई भोकबाट बचाउनका लागि माहामारीका समयमा नागरिक समाजले भुमीका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अधिकाँशले सरकार माहामारीका समयमा निदाएपनि नागरिक समाज भने निदाउन नहुने बताएका थिए ।

बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले माहामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा अध्ययनमाथि छलफल गर्न आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले माहामारीका समयमा थुप्रै काम गरेपनि प्रशासनको सहयोग भने नभएको बताएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का निर्देशक श्रीराम बजगाँईले माहामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययनलाई कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दिपेन्द्र रोकायले सरकारले केहि नगरेको भन्दा पनि नागरिक समाजसंग समन्वय गर्न नसकेको बताए । उनले नागरिक समाजसंग बढि भन्दा बढि सहकार्य गर्न सके तल्लो तहसम्मका नागरिकहरुले सेवामा पहुँच प्राप्त गर्न उनले बताए ।