‘प्रधानमन्त्रीजी केही पनि गर्न नसक्ने अवस्था पुग्नुभएकाे हाे ? गठबन्धन जाेगाए मात्रै पुग्छ ?’

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थ मन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? भनी प्रश्नसमेत गरे । प्रधानमन्त्री देउवा देशलाई बरबाद पारेर गठबन्धन मात्रै जोगाउन लागिपरेको उनको आरोप थियो ।

अध्यक्ष ओलीले भने, ‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन हुनुपर्छ । त्यसको प्रतिवेदन सम्मानित सदनमा आउनुपर्छ । एउटा मन्त्रीले यस्तो गर्दा पनि प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो रु कि गठबन्धन जोगाए मात्रै पुग्छ, देश बरबाद होस्, जहाँसुकै पुगोस् भन्ने हो । गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्नुभएको छ । प्रतिपक्षले माग गर्दा पनि अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुजेट सार्वजनिक गरेन । फुटेज डिलिट गर्न पाइन्छ रु मन्त्रीले आउनुस् छानबिन गरौँ भन्न सक्नुपर्थ्यो । तर किन माग्दैमा दिने भनेर ललकार्ने रु एमाले को हो रु हामीले गरेको स्वेच्छाचारिकताविरुद्ध प्रदर्शन गर्ने को हो भनेर ललकार्ने रु एमालेले अन्धाधुन्ध त्यो आरोप लगाएको होइन । प्रधानमन्त्रीजीले छानबिन गर्नुपर्छ ।’

उनले बिचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ पनि नभएको जिकिर गर्दै यस्तो गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको बताए । ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थ मन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गरे ।