बजेट खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार मुख्यमन्त्री शाहीले प्रमुख सचिव, मन्त्रालयका सचिवहरूसहितको छलफल तथा परिचयात्मक कार्यक्रममा प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन दिएका थिए ।

शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्नसमेत निर्देशन दिएका छन् ।

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरु प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए ।