नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आजै


सुर्खेत । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको हो ।

संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने भएकी छन् ।