काठमाडौं । देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार एक सय ४५ जना निको भएका छन्।
पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
सक्रिय संक्रमितको संख्या पाँच सय ७० जना रहेको मन्त्रालयले जनाएको छ।

फरकबाटो २० कार्तिक २०७९, आईतवार १८:३३