सुर्खेत । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गरेका हुन् । कांग्रेसले जारी गरेको ह्विपमा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
अहिले सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन् ।
फरकबाटो २८ फाल्गुन २०८०, सोमबार १७:२०