हुम्ला । हुम्लाको ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका अजमल बुढाले नौ सय ९५ मत ल्याए ।
यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । पाँच वटा वडामध्ये चार वटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।


फरकबाटो १ जेष्ठ २०७९, आईतवार २०:१७