सुर्खेत । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज निर्वाचन हुँदैछ । कर्णाली प्रदेशमा हिजो नै उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । कर्णालीमा बिहान ११ बजेदेखि मतदान हुनेछ ।
कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक/एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।
देउवा पक्षबाट ललितजङ्ग शाही, पौडेल पक्षबाट भूपेन्द्रजङ्ग शाही र निधि पक्षबाट मोतीराज बमले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
अन्य प्रदेशमा पनि आज नै मतदान हुने जनाइएको छ ।
फरकबाटो १८ मंसिर २०७८, शनिबार ०८:२१