नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कर्णालीका शाही निर्वाचित

सुर्खेत । नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा अनिल बहादुर शाही विजयी भएका छन् । पोखरामा सम्पन्न नेपाल जेसिजको ४८औं राष्ट्रिय महाधिवेशनमा बर्ष २०२२ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा शाहीले ६४२ मत ल्याएर विजयी भएका हुन् । शाही कर्णाली जेसिजका संस्थापक अध्यक्ष समेत हुन् ।

यस्तै कार्यकारी उपाध्यक्षमा रमा कुमारी प्याकुरेल, दिपेन्द्र निरौला र सुनिल तिमिल्सिना विजयी भएका छन् ।