जुम्लामा पावर हाउस पुरिँदा एकै घरका तीन जनाको मृत्यू

जुम्ला । जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युतको पावर हाउस पहिरोले पुर्दा त्यहाँ काम गर्ने अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो ।

रावतकी ३० वर्षीया श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ८ वर्षीय छोरा सूर्य रावतको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरी चौकी बड्कीका प्रहरी नायब निरीक्षक रामप्रसाद चौलागाईँका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएपछि पहिरो गएको थियो ।

राति दुई बजे खबर आएपछि घटनास्थल पुगेको उनले बताए । उनका अनुसार अपरेटर गोरखबहादुर रावत गाउँमा रहेकाले उहाँकी श्रीमती र दुई छोरा पावर हाउसमा सुतेका थिए ।