काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको सुरुआतमा बलिङ गर्ने भएको छ ।
यूएईको सारजहामा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ । जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
फरकबाटो २ चैत्र २०७८, बुधबार ११:१४