अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौमा


सुर्खेत । चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डौ आईपुगेका छन् । ज्याक मा आज मङ्गलवार दिउँसो बोइङ ३७६ विमानमार्फत काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएएका हुन् ।

ज्याक मा अन्य सात जनाको टोलीसहित काठमाण्डौ आएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । स्रोतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।