राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण विराटनगरमा हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको प्रशिक्षण विराटनगरमा हुने जनाएको छ । नेपाली टोलीले सेप्टेम्बर ५ देखि २३ गतेसम विराटनगरमा तयारी गर्ने छन् ।

एन्फाले नेपाली टोली बस्नका लागि विराटनगरमा होटल आवश्यकताको सूचना समेत निकालेको छ । हाल नेपाली टोलीले काठमाडौंमै तयारी गरिरहेको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईको नेतृत्वमा ३० खेलाडी प्रशिक्षणमा छन् । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।