सुर्खेतमा नेकपा एमालेको घरदैलो अभियान शुरु

सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले सुर्खेतमा घरदैलो अभियान सुरु गरेको छ । वीरेन्द्रनगर ११ पिपिराबाट घरदैलो अभियान शुरु गरेको हो ।
अभियानमा नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार निलकण्ठ खनाल, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवारसहित नेता कार्यकर्ताहरु सहभागी छन् ।
एमालेले आज दिउँसो ४ बजे पिपिरा चोकमा जनसभाको आयोजना समेत गरेको छ ।