
सुर्खेत । मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको र अझै दुईजना नभेटिएको पुष्टि भएको छ । आज बिहान बसेको जिल्ला सुरक्षा समिति बैठकमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको मृत्यु भएको र दुईजना अझै फेला नपरेको जानकारी गराएका छन् ।
सम्पर्कविहीन भएकाहरुको खोजीकार्य भइरहेको उनले बताए । गत शुक्रबार हिमपहिरोमा परेर तीनजना बेपत्ता भएका थिए । यार्सागुम्वा टिप्न जुम्लाको पातारासि गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीयहरु ११ वैशाखबाट मुगुको पाटनका लागि हिँडेका थिए ।
जुम्लाबाट मुगु हुँदै यार्सा पाटन पुग्न लाग्दा २२ वैशाखको दिउँसो १ बजे च्र्यागो लेखको बाटोमा हिँड्दै गर्दा माथिबाट हिमपहिरो खस्दा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएका थिए । पुन्न सार्कीको शव भेटिए पनि बाँकी दुईजनालाई भेट्याउन नसकिएको हो ।

फरकबाटो २४ बैशाख २०८०, आईतवार १२:०५