एमाले सुर्खेतको इन्चार्जमा रावत र सह – इन्चार्जमा ढकाल

सुर्खेत । नेकपा एमालेले सुर्खेत जिल्लाको इन्चार्जमा नवराज रावतलाई जिम्मेवारी दिएको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठकले उनलाई इन्चार्जको जिम्मेवारी दिएको हो । उनी एमालेको केन्द्रीय सदस्य समेत रहेका रावत प्रतिनिधि सभा सदस्य पनि हुन् ।

यस्तै सह इन्चार्जमा मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेकी ढकाल वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख हुन् ।