डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी

डोटी । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जितेको छ । जोरायलमा एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका दीपककुमार विष्टले ३ हजार ४१२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा ३ हजार ५९९ मत ल्याएर निर्वाचित हुनुभयो । कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ मत ल्याउनुभयो ।