काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नुपरेमा आफूले आत्महत्या समेत गर्ने भनेर बोलेको कुरा पुष्टि गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चुनौती दिएका छन्।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटर हेडमा उहाँ (सभामुख) ले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ।’
न्यौपानेले सभामुखले अहिले संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गरिरहेको पनि जनाएका छन्।
सभामुखविरुद्ध कपोलकल्पित एवम् भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार खेदजनक छ। उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ’, उनले एमालेलाई लक्षित गर्दै भनेका छन्, ‘आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न अमर्यादित एवम् अशोभनीय रुपमा सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ।’

फरकबाटो १८ फाल्गुन २०७८, बुधबार १६:०७