
सुर्खेत । अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा अक्कल सिजापती चयन भएका छन् । सोमबार बसेको बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा बिजय तिवारी, सचीवमा ललित राना, सह–सचिवमा विज्ञान गौतम, महालक्ष्मी विस्वकर्मा र महेन्द्र बिक्रम खड्का चयन भएका हुन् ।
त्यस्तै कोषाध्यक्षमा सुमित्रा चन्द चयन भएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह–संयोजक चक्रबहादुर शाहीले जानकारी दिए । सातजना पदाधिकारी सहित जम्मा ४५ जनाको क्याम्पस कमिटी गठन गरिएको शाहीले बताए ।

फरकबाटो २७ मंसिर २०७८, सोमबार १८:०६