
सुर्खेत । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघले बताएको छ ।
काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।
६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उनी ‘राते काइला’ को रुपमा पनि चिनिन्छन् ।
थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने जनाइएको छ ।

फरकबाटो २४ माघ २०८२, शनिबार १९:३०