सुर्खेत । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन शुरू भएको छ ।
त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरी शव बुझाउन शुरू गरेको हो । अहिलेसम्म पाँच वटा शव आफन्तले लगेका छन् । बाँकीका आफन्तले बीमालगायतको विषय नटुङ्गिएसम्म शव जिम्मा नलिने अडान लिँदा ढिला भइरहेको छ ।
अस्ति बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई सघन कक्षबाट सामान्य बेडमा सारेको अस्पतालले जनाएको छ ।
फरकबाटो १० श्रावण २०८१, शुक्रबार १९:३६