नवलपरासीको विनयीत्रिवेणीमा एकै ठाउँमा भेटियो नौ वटा बेवारिसे बम


सुर्खेत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजो दिउँसो बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको हो ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । जिल्ल प्रहरी कार्यालय नवलपरासीका अनुसार ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।