मानव अधिकारकर्मीद्धारा हिंसा विरुद्ध बृहत विरोध र्‍याली


सुर्खेत । सुर्खेतमा मानव अधिकारकर्मीहरुले महिला हिंसा विरुद्ध बृहत विरोध र्‍याली गरेका छन् । आज वीरेन्द्रनगरमा करिब बाइस बढी मानव अधिकारकर्मी संस्थाहरुले संयुक्तरुपमा विरोध र्‍याली गरेका हुन् । साथै विभिन्न सरोकारवाला निकायहरुमा ध्यानाकर्षण पत्र समेत बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र समेत प्रदान गरिने फेडो सुर्खेतका सचिव खगिसरा वलीले जानकारी दिइन् । उनका अनुसार आज सुर्खेतस्थित करिब २२ भन्दा बढी संघसंस्थाहरु तथा अन्य निकायहरुबाट मानवअधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

पछिल्लो समय महिलाहरु आफ्नै श्रीमान्बाट मारिनुपरेको तथ्य बाहिर आएपछि यसमा सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने भन्दै बृहत  र्‍याली आयोजना गरिएको उनले बताइन् ।

महिलाहरु सबैभन्दा नजिकको सम्बन्ध भएकाहरुबाट नै असुरक्षित हुन थालेपछि हिजो मात्रै समन्वय बैठकको आयोजना गरि बृहत विरोध र्‍याली सँगै सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पत्र दिने तयारी भएको थियो ।

सोही अनुसार आज वीरेन्द्रनगर नगरपालिका सुर्खेत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई ध्यानाकर्षण पत्र प्रदान गरिएको हो ।

र्‍यालीमा बाल अधिकारकार लागि साझा अभियान सञ्जाल, आवाज सुर्खेत, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, नवज्योती केन्द् लगायतका संस्थाहरुको सहभागीता रहेको थियो ।