कांग्रेस नेता आलमलाई उच्च अदालतले सफाइ दियो


सुर्खेत । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलमसहित, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो ।

आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियो । यो घटनामा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।