
सुर्खेत । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहले मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको बताएका छन् । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ।
सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुन् । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

फरकबाटो ३ मंसिर २०७९, शनिबार १२:११