अनेरास्ववियु क्रान्तिकारी एमयूको राष्ट्रिय अध्यक्षमा रेग्मी निर्वाचित

सुर्खेत । नेकपा माओवादी केन्द्रको भातृसंस्था अनेरास्ववियु (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयको राष्ट्रिय अध्यक्षमा भिम राज रेग्मी निर्वाचित भएका छन्। शुक्रबार र शनिबार दुई दिन सुर्खेतमा चलेको दोस्रो सम्मेलनले २७ सदसीय नयाँ समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा भूपेन्द्र बम, केशव खड़का र प्रकाश बि।क, प्रमुख सचिवमा दीपेन्द्र जंग शाही निर्वाचीत भए। यस्तै सचिवमा सरस्वती शाहि, भारत ढकाल र खिमला पून तथा कोषाध्यक्षमा गीता गौतम निर्वचित भएका छन् ।

विश्वविद्यालयमा विद्यार्थीहरुको पक्षमा हिजो जस्तै कटिबद्ध भएर लाग्ने अध्यक्ष भिम रेग्मीले बताउनु भयो। साथै विश्वविद्यालय प्रशासन र विद्यार्थी बिच बेला बेला उत्पन्न हुने समस्याहरुको समाधान वार्ता, आवश्यक समझदारी मार्फत गर्न आफू र आफ्नो संगठन लागि पर्ने कुरा प्रमुख सचीव दिपेन्द्र जंग शाहीले बताए ।

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंह, कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्र शाही अनेरास्ववियु (क्रान्तिकारी) कर्णाली अध्यक्ष बिमला के सि लगायतको उपस्थिति थियो।