आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित


सुर्खेत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव र एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष रहेका साह निर्विरोध आईसीसी अध्यक्ष बनेका हुन्।

उनी २०१९ बीसीसीआईको सचिव र २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष थिए। आईसीसीको अध्यक्षको जिम्मेवारी उनले डिसेम्बर १ देखि ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा शाहको उम्मेदवारी परेको थियो। शाह निर्विरोध निर्वाचित भएसँगै वर्तमान अध्यक्ष ग्रेग बार्कले दुई कार्यकालपछि बिदा लिने भएका हुन्।